नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीमा कोरोना पुष्टि ।

 

 

काठमाडौ : नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ।

वितरण केन्द्रको महसुल काउण्टर लगायतका सबै सेवा बन्द गरिएको केन्द्र प्रमुख राजिव सिंहले बताए। प्रशासन र प्राविधिक दुवै तर्फका कर्मचारीमा संक्रमण पुष्टि भएको सिंहले जानकारी दिए।

स्थायी र करार गरि १ सय ८० कर्मचारी रहेको वितरण केन्द्रमा बुधबार र बिहीबार गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको हो।

संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको पनि पीसीआर परीक्षण गर्नुपर्ने भएकाले वितरण केन्द्र बन्द गरिएको प्रमुख सिंहले बताए।

एक सयभन्दा बढी कर्मचारीको परीक्षण गर्न बाँकी रहेको बताइएको छ। वितरण केन्द्रले सूचना निकालेर सेव बन्द गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार