कपडा पेल्ने मेसिनमा हात च्यापिएर १५ वर्षीय जाकिर मियाँ धोबीको मृत्यु ।

 

काठमाडौ : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ६ स्थित कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहट राजपुर नगरपालिका वडा नम्बर ३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बिहीबार साँझ बर्दिबास ६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए।

अत्यधिक रक्तश्राव भइरहेका किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता कपडा पेल्ने मेशिनसहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका ९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार