कोरोना संक्रमणबाट बुटवलमा थप एकजनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएर असोज २१ देखि अस्पतालमा भर्ना भैई उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको डा थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार