कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत एकजनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीको मृत्यु भएको छ।

२५ वर्षीय बागलुङ निवसी पुरुषको मनिपाल शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।

 

ढोरपाटन नगरपालिका वडा नम्बर २ का मृतक पुरुषमा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए।

योसँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार