कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

रुकुम चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा उनको मृत्यु भएको श्रेष्ठले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार