आज ४३९२ जनामा कोरोना संल्रमण पुष्टि ।

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १६५३१ जनाको पीसीआर परिक्षण गर्दा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यो सहित आज सम्म कोरोना संक्रमितको संख्या १ लाख ६१ हजार ३७ जना पुगेको छ ।
हाल देशभर सकृय संक्रमितको संख्या ३७३८२ जना रहेको छ । हाल १२३३६ जना संस्थागत आइसोलेसनमा र २५ हजार ४६ जना होम आइसोलेसनमा रहेका छन । हाल क्वारेन्टाइनमा ४८०८ जना रहेका छन ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ३५२ जना डिस्चार्ज भएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या ८८०४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार