वि.सं.२०७७ साल कार्तिक ०१ गते शनिबारको राशिफल ।

 

वि.सं.२०७७ साल कार्तिक ०१ गते शनिबार तदनानुसार ईश्वी सन् २०२० अक्टोबर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी २८ पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा,२० घडी ४६ पला,दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त स्वाती । योग–विष्कुम्भ,४७ घडी ५८ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त प्रिती । करण– किंस्तुध्न,दिउसो १२ बजेर ४१ मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३३ पला । कार्तिक संक्रान्ति। मातामह श्राद्ध। घटस्थापना।

 

मेष राशि : दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनुका साथै पराक्रम बढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हात पार्न सकिने छ तथा गरेको काममा सन्तुष्टि मिल्ने देखिन्छ ।

वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पती प्राप्त गर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशि : व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर बसेका मान्छ तपाई प्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।

कर्कट राशि : शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग रिलेटिभ काम बन्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ । धन आगमनको नँया श्रोत पत्ता लाग्न सक्छ ।

सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्तगर्न सक्नु हुनेछ । घरमा भने सामान्य कलहको वातावरण वन्नसक्नेछ सम्यमता अपानाउनुहोला । रोजगारमा प्रशंशा प्राप्त हुनेछ ।

कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै गरेको काममा बाधा अर्चन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय छ संयम्ता अपनाउनु होला ।

तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाईको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।

वृश्चिक राशि : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संखा कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाय तथा घर परिवारको सुखसुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

धनु राशि :चोटपटकको सम्भावना छ संयम्ता अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।

मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै अविश्वासको कारणले गर्दा दाम्पत्य जीवनमा कलहको वातावरण बन्न सक्नेछ ।

कुम्भ राशि: सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटिदिएको धन फिर्ता नआउनाले रिनमा वृद्धि हुने देखिन्छ ।

 

मीन राशि : चौपाय तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ संयम्ता अपानाउनु होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार