भक्तपुर जिल्लामा अत्यावश्यकबाहेक अन्य सबै सरकारी सेवा स्थगित ।

 

 

काठमाडौ :भक्तपुर जिल्ला भित्रका सबै सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरिएको छ।

भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक अन्य सरकारी सेवा स्थगित गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका सम्पूर्ण कार्यालयलाई शुक्रबार परिपत्र गरी सेवा स्थगित गर्न अनुरोध गरेको जनाएको छ ।

जिल्लामा हाल एक हजार ८८४ जनामा कोरोना संक्रमित भएकाले जिल्ला भित्रका सम्पूर्ण सरकारी कार्यालयमा हुने गरेका अति आवश्यक सेवाबाहेक अन्य सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले निर्णय अनुसार गर्न गराउन अनुरोध छ । यो पत्रमा उल्लेख छ ।

भक्तपुरमा शुक्रबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। योसहित जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार