पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घणटामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको विभिन्न प्रयोगशालामा १५४३८ जनाको पीसीआर परिक्षण गर्दा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर कोरोना संक्रमितको संख्या १२९१०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १८०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या ८९८४० जना पुगेको छ ।

हाल आईसोलेसनमा ३८७३७ जना रहेको छ । क्वारेन्टाइनमा ४७१५ जना छन । भने १२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार