काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३८६१ जनाको पीसीआर परीक्षण गर्दा ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल आईसोलेसनमा ४१७५५ जना रहेका छन । क्वारेन्टाइनमा ४२२० जना र २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २१०८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९६६०९ जना रहेको छ ।