२४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको विभिन्न प्रयोगशालामा २० हजार १ सय १८ जनाको पीसीआर परिक्षण गर्दा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल आईसोलेसनमा ४४ हजार ४ सय ७६ जना रहेको छ । जस मध्ये होमाआईसोलेसनमा २९८०० र संस्थागत आईसोलेसनमा १४६७६ जना रहेको जनाएको छ ।

हाल क्वारेन्टाइनमा ४०६५ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भैई २९९६ जना डिस्चार्ज भएको छ । यो सहित कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ९९६०५ जना पुगेको छ ।

कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार