ललितपुरको बालकुमारीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु ।

 

काठमाडौ : ललितपुर बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

ठक्करबाट इमाडोलका ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन् ।ठक्कर दिएर भागेका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार