पुर्व मन्त्री गोकुल बास्कोटलाइ कोरोना संक्रमण पुष्टि ।

काठमाडौ : पूर्व सुचना संचार मन्त्री  गोकुल बाँस्कोटालाई  कोरोना संक्रमण पुष्टि भएको छ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उहाँले आफूलाई कोरोना पुष्टि भएको भन्दै १० दिनयता कसैलाई नभेटेको समेत उल्लेख गरेका छन्।

बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई भने लक्षण रहेको बताएका छन्।बाँस्काेटाले आफ्ना दुबै छोराको कोरोना रिपोर्ट भने नेगेभिट आएको जानकारी दिएका छन्।

‘मलाई पनि कोभिड १९ पोजेटिभ देखियो। तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित। दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो। सुरक्षित रहौँ,’ उनले फेसबुक र ट्वीटरमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार