नेपालमा पछिल्लो २४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४८५०९ पुगेको छ ।हाल देशभर सकृय संक्रमितको संख्या ४४८७७ जना रहेको छ ।

यी मध्ये होमआईसोलेसनमा ३१५३८ जना रहेको छ भने संस्थागत आईसोलेसनमा १३३३९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ३२१५ जना डिस्चार्ज भएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या १०२८२० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार