नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष द्वारा विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त ।

 

क्वालालम्पुर मलेसिया : युवा समाजसेवी तथा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत सिङ दोङ द्वारा हिन्दु नेपाली हरूको महान चाड विजय दशमी ,दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी,स्वास्थ्य कर्मी, सुरक्षा कर्मी,कर्मचारी लगायत देश विदेशमा रहेका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार