प्रचण्डले गरे नेकपाका विन्दावासिनी गाउँपालिका सचिव तथा जिल्ला सदस्य मुकेश चाैरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग ।

 

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लाको विन्दावासिनी गाउँपालिका सचिव तथा जिल्ला सदस्य मुकेश चाैरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन ।

विन्दावासिनी गाउँपालिका को सपथ ग्रहण कार्यक्रममा भएको झडपमा कार्तिक ६ गते चाैरसियाको हत्या भएको थियो ।

हत्या सम्बन्धमा पर्सा पार्टी जिल्ला कमिटीका इन्चार्ज अध्यक्ष र सचिवको तर्फबाट हत्याको भत्सर्ना गर्दै चाैरसियालाइ सहिद घोषणा गर्न र हत्यामा संलग्न भएकाहरुलाइ कडा कारबाही गर्न माग गर्दै वक्तव्य जारी गरेको प्रति नेकपाका कार्यकारी अध्यक्षको हैसियतले समर्थन गर्दै प्रचण्डले दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकार संग जोडदार माग गरेका छन ।

आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन ; हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धान संग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्रको सरकारलाई अबिलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडी बढाउन आग्रह गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । प्रचण्डले विज्ञप्तिमा भनेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार