वि.सं.२०७७ साल कार्तिक १० गते सोमबारको राशिफल ।

 

 

वि.सं.२०७७ साल कार्तिक १० गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–दशमी,१३ घडी ३१ पला,बिहान ११ बजेर १६ मिनेट उप्रान्त एकादशी । नक्षत्र– धनिष्ठा,०४ घडी ३२ पला,बिहान ०८ बजेर ०० मिनेट उप्रान्त शतभिषा । योग–बृद्धि,५५ घडी २२ पला,रातको ०४ बजेर २० मिनेट उप्रान्त धुव्र । करण– गर,बिहान ११ बजेर १६ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २७ घडी ५८ पला । पञ्चक। विजया दशमी। शारदीय नवरात्र समाप्ति। देवी विसर्जन गर्ने। देवीको प्रसादस्वरूप दशैँको टीका ग्रहण गर्ने ।

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला । साथै, भौतिक साधनको क्षतिले रुपैँया पैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । मौकाको फाइदा उठाउन नसकिएला । नयाँ काममा हात हाल्ने समय छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ । द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । धर्म कर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कृषि तथा पशुपालनमा फाइदा हुनेछ । पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । मेहनत अनुसार फाइदा कमै होला ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ चिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अरूले फसाउन सक्छन् ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आमाको माध्यमबाट काम बनाउन सकिनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि बृद्दी हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनत अनुसार फाइदा कमै होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाँउबाट धनको लाभ हुने देखिन्छ । साथै, ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार