बागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले मङ्गलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।उनी प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगर स्थित घर गएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार