रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का कोरोना संक्रमितको मृत्यु ।

काठमाडौ : कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ खजहानाका ५२ वर्षिय पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकोमा उपचारका क्रममा मंगलबार साँझ ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार