पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर परिक्षण गर्दा १९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ३९६४३ जना रहेका छन । जस मध्ये होमआईसोलेसनमा ३१९३४ संस्थागत आईसोलेसनमा ७७०९ जना रहेको छ ।

क्वारेन्टाइनमा २८८९ जना रहेका छन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर २९८१ जना डिस्चार्ज भएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या १२१८२४ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार