स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ प्रेस ब्रिफिङ अब हप्तामा दुई पटक मात्रै ।

 

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देखि सातामा दुई दिनमात्रै कोभिड– १९ कोरोना संक्रमितहरुको बरेमा प्रेस ब्रिफिङ गर्ने भएको छ ।

दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अब आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ गर्दै आएको थियो ।

 

आइतबार र बुधबार बाहेकका दिनमा भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप, फेसबुक र ट्विटरबाट कोरोना अपडेट जानकारी दिने प्रवक्ता गौतमले बताएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार