ट्रकको ठक्करबाट पैदल यात्रिको मृत्यु ।

 

काठमाडौ : कैलाली जिल्लामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्तरगत चटकपुरमा ना ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका  वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी कार्य भइरहेको बताइएको छ । ट्रकका साहू भने सम्पर्कमा रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार