स्थानीय र प्रहरी बिचको झडपमा गोली चलायो ।

काठमाडौ : बारा जिल्लामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा प्रहरीले गोली चलाउँदा एकजना स्थानीय घाइते भएका छन् ।सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर घाइते भएका छन् भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार