बि.स.२०७७ साल कार्तिक १३ गते बिहिबारको राशिफल ।

 

बि.स.२०७७ साल कार्तिक १३ गते बिहिबार इश्वी सन २०२० अक्टोबर २९ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष त्रयोदशी तिथी उत्तरभाद्रपदा नक्षत्र हर्षण योग गर करण चन्द्रं मिन राशिमा ।

मेष : आजको दिन तपाईको लागि त्यति राम्रो मान्न सकिदैन, बादबिबाद को समय रहेको छ बोल्दा बिचार पुर्याउनु होला ,झुटा आरोपहरु लाग्ने हुँदा कामहरु गर्दा सतर्कता अपनाउनु होला ।

बृष : आजको दिन तपाईको लागि सामान्य रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ मानसम्मान प्राप्त हुने छ , स्वस्थमा सामान्य समस्या देखा पर्नेछ ।

मिथुन : यस राशि भएका ब्यक्ति हरुको लागि आजको दिन सबल रहेको छ ,सन्तान सुख प्राप्ति का योग रहेको छ , दिमागि शक्ति बढ्नेछ , दिमाग लगाएर गरेका कामहरु प्रशंशा योग्य हुने छन ।

 

कर्कट : आजको दिन तपाईको लागि दुर्बल रहेको छ, मनमा अशान्ति हुने तथा घरपरिवारमा खटपट हुने जस्ता सम्भावनाहरु रहेका छन आमाको स्वास्थ्य लाइ लिएर समस्याहरु देखा पर्नेछन ।

 

सिंह : दाजु भाइ दिदी बहिनि को सम्बन्धमा सुमधुरता रहने छ आर्थिक कारोबार गर्दा सर्तकता अपनाउनु होला, मुद्धामामिला का कुराहरु छन भने त्यसले जटिलता थप्न सक्ने छ ।

 

कन्या : बोलिको प्रभाव बढ्ने छ ,सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्ने छ सर्तकता अपनाउनु होला ,आफन्त हरु स“ग को सम्बन्ध राम्रो भएर जाने छ ।

 

तुला : मान सम्मानमा बृद्धी हुनेछ, यसैगरि बैदेशिक यात्राका अवसरहरु प्राप्त गर्ने योग रहेको छ , यस्तै भाग्यमा रोकिएका कामहरु बन्ने समय रहेको छ , शत्रु बृद्धी को कारणले काममा बाधा अबरोधहरु नआउलान भन्न सकिन्न।

 

वृश्चिक : समय दुर्बल रहेको देखिन्छ पानिमा भय हुने जस्तो योग देखिन्छ त्यसकारण पानिमा सर्तकता अपनाउनु होला , यसैगरि छाला सम्बन्धि रोगहरुले पनि सताउन सक्ने छ ।

 

धनु : आजको दिन तपाईको लागि राम्रो मान्न सकिन्न, कसैस“ग ठगिने योग भएको कारणले बिचार पु¥याएर आर्थिक कारोबार गर्नुहोला, त्यस्तै विपरित राजयोग परेको हुनाले नसोचिएको आर्थि लाभ हुने समय रहेको छ ।

 

मकर : यो राशि भएका व्यक्तिहरुको लागि आजको दिन सामान्य रहेको छ , काममा पद्धोन्नति हुने तथा नया कामहरु बन्ने सम्भावना रहेको छ ,भाग्यमा बृद्धी भएर कतै फसेका धनहरु आर्जन हुने ।

 

कुम्भ : यस राशि भएका व्यक्ति हरुको लागि आज सामान्य नै छ , बैदेशिक यात्राको समय रहेको छ ,आफन्त हरुस“ग मिलेर गरेको कार्यमा सफलता प्राप्त हुने छ यसैगरि चोटपटक को सम्भावना रहेकाले सर्तकता अपनाउनु होला ।

 

मिन : आजको दिन त्यति राम्रो मान्न सकिदैन , चोटपटक को सम्भावाना रहेको छ , चिसो ठाउ“बाट सर्तक रहनु होला , स्वास्थ सम्बन्धि अन्य समस्याहरु आउन सक्ने छन, आर्थिक कारोबार गर्दा सर्तक रहनु होला , भाग्य कमजोर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार