काठमाडौ : काठमाडौ उपत्यकामा २४ घण्टामा १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जस मध्ये महिला ५६९ जना र पुरुष ७८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौ मा सक्रिय संक्रमितको संख्या १६८९० जना रहेका छन । भक्तपुरमा ११५१ जना र ललितपुरमा २३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल होमआईसोलेसनमा काठमाडौमा १०५०१ जना भक्तपुरमा १७१९ जना र ललितपुरमा २२५७ जना होमआईसोलेसनमा बसिरहेका छन ।