आशमान वाइबा बाट अभिनित तिम्रो साथ बिनाको म्युजिक भिडियो सार्बजनिक ।

काठमाडौ : बहुप्रतिक्षित नेपाली प्रेम गीत तिम्रो साथ बिना बोलको गीत दरबारमार्गमा रहेको किङरिङ लन्च बार बाट सार्बजनिक गरिएको छ ।

प्रमुख अतिथि आदिबासी चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारले स्वीच थिचेर भिडियो सार्बजनिक गरिएको थियो ।

संचारकर्मिको बाक्लो उपस्थिति रहेको सार्बजनिक कार्यक्रममा चलचित्र प्राबिधिक संघ अध्यक्ष पुस्कर लामा बोम्जन तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर तामाङ कलाकार संघको अध्यक्ष सन्जिब वाइबा चरित्र अभिनेत्री भुइसाल लामा नायीका चांदनि मोक्तान लगायत बिशेष अतिथिहरु रहेको थियो ।

चर्चित नृत्य निर्देशक अजय स्याङ्तानले निर्देशन गरिएको भिडियो लाइ बिक्रम लामाले खिचिएको हो भने कलाकार तथा समाजसेवी आशमान वाइबा र अमिता दोङ्को दम्दार अभिनय देख्न सक्नु हुने छ ।

भिडियो:

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार