प्रचण्ड सहितका ५ जना नेता केन्द्रीय मुख्यालय धुम्बाराहीमा ४ बजे बैठक बस्दै ।

 

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच जना नेता छलफलमा बस्ने भएका छन् ।

अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु धुम्बाराहीमै बसेका थिए । त्यस बेलाको बैठकलाई अनौपचारिक बैठक भनिएको थियो । त्यही बैठक पछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दुई पेज लामो लिखित पत्र बुझाइएको थियो ।

ओली र प्रचण्डबीच दूरी बढेसँगै पार्टी विभाजनको खतरा बढेको छ । प्रचण्डले बहुमत सदस्यहरुसहित बैठक बस्दै आएका छन् भने ओलीले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार