मायाको दुर्बिन सेलोको म्युजिक भिडियो सार्वजनिक ।

 

काठमाडौ / छविलाल बम्जनको प्रस्तुतिमा तामाङ सेलो ‘मायाको दुर्बिन आज मंगलबार सार्वजनिक गरिएको छ ।

राजधानीको स्वयम्भूस्थित तामाङ कुदाप मौलिक रेष्टुरेन्टमा आयोजित औपचारिक कार्यक्रमकाबीच बागमती प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको बाहुलिबाट यो सेलो लोकार्पण गरिएको हो ।प्रमुख अतिथि बाँनियाले ‘मायाको दुर्बिन’ गीतले मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने बताउँदै सम्पूर्ण टिमलाई बधाई दिनुभयो । उहाँले आदिवासी संस्कार परम्परा जीवन्त राख्न छविलाल बम्जन,फूलकुमार बम्जन, शसिकला मोक्तान लगायतले गर्नुभएको प्रयासको प्रशंसा गर्नुभयो ।

विशिष्ट अतिथि गायक रोज मोक्तानले तामाङ गीतमा हराउँदै गएको मौलिकपन ‘मायाको दुर्बिन’ मा भेटिएको भन्दै फूलकुमार बम्जनको सिर्जना कर्मप्रति खुसी व्यक्त गर्नुभयो ।यस गीतका सर्जक, संगीतकार तथा गायक बम्जनले मकवानपुर राईगाउँ तथा बागमती क्षेत्रसँग पुरानो साङ्गितिक साइनो सम्बन्ध रहेकोले यसको सिर्जनामा सहज महसुस गरिएको उल्लेख गर्नुभयो । बागमती क्यान खोला र राइगाउँको सभ्यता संस्कृतिको चिनारी स्वरुप यो गीत पस्किएको उहाँको भनाई छ । ‌

कार्यक्रममा नेकपा युवा नेता हिराबहादुर लामा र पर्यटन व्यवसायी जगत लामाले आजको जमानामा आफ्नो पन जोगाउन गीत संगीत शसक्त माध्यम रहेको दावी गर्नुभयो । ठाउँ तथा स्थानीय जीवनको पहिचान प्रबर्द्धनमा यो गीतको महत्वपूर्ण भूमिका रहने उहाँहरुको विश्वास छ ।गायिका शसिकला मोक्तानले यो सेलो सुनेर हेरेर साथ दिन दर्शक स्रोतामा अनुरोध गर्नुभयो । गीत तथा भिडियोका निर्माता छबिलाल बम्जनले आफ्नो प्रयासमा साथ दिने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

#भिडियो हेर्नुहोस:

 

प्रतिक ङेसुर निर्देशित गीतको भिडियोमा निरज लामाखोर र सुनैना तामाङलाई फिचरांकन गरिएको छ भने बिक्रम मोक्तानको कोरियोग्राफी छ । भिडियो हाईलाइट्स नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार