मलेसियामा नेपाली चेलीको आफ्नै केटाले चक्कु प्रहार गरि हत्या।

 

क्वालालम्पुर मलेसिया / मलेशियाको सेलाङर राज्यको केलाङ क्षेत्रमा रहेको दर्शन नमस्ते नेपाली रेस्टुरेन्टमा काम गर्दै आएकि आइतमाया मगर (आरति मगर) को बुधबार आफ्नै केटाले चक्कु प्रहार गरि हत्या गरेको छ।

उक्त नेपाली रेस्टुरेन्टमा तीन दिन देखि लगातार आइरहेका आफ्नै केटाले धारिलो छुरा प्रहार गरि मगरको हत्या गरेका छन। मृतक अरती मगर ५ साल देखि उक्त रेष्टुरेन्टमा काम गर्दै आएको स्रोतले बताए ।

मादक पदार्थ सेवन गरि बेहोसी अवस्था रहेको उनले के कति कारणले आइत माया मगरको हत्या गरे भन्ने बारे यकिन हुन सकेको छैन। साथै हत्याराको पहिचान पनि खुलेको छैन।

मलेशियन प्रहरीले हाल मृतकको शब मुचुल्का उठाउने काम गरीरहेका छन।भने हत्या गर्ने ब्यक्ती बेहोसी अवस्थामा अस्पतालमा प्रहरीको निगरणिमा रहेको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार