चितवनमा २४ जना जुवाडे पक्राउ ।

काठमाडौ / चितवन जिल्ला प्रहरी कार्यालयले रु ५ लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ ।

उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार