कार दुर्घटनामा भारतमा तीन जना नेपालीको मृत्यु ।

 

काठमाडौ / कार दुर्घटना हुँदा भारतको आगरामा ३ जना नेपालीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बिहीबार दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको दिल्लाबाट दिलबहादुर खत्रीले जानकारी दिए। आगराबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर र जनकपुरकी लक्ष्मी शर्माको दुर्घटनामा ज्यान गएको छ। अन्य घाइते ५ जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार