बंगलादेश सित खेलेको खेलमा २-०ले नेपाल पराजित ।

 

काठमाडौ / नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बंगलादेश सित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो ।

बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा शुक्रबार भएको खेलमा खेलको १०औ मिनेटमा बङ्गलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा खेलको ८०औ मिनेटमा महबुबुर रहमानले बङ्गलादेशका लागि दोस्रो गोल गरेका थिए ।

नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औ मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औ मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औ मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल गर्न भने सकेनन् ।

यस्तै खेलको ३९औ मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाएका थिए । खेलको ५६औ मिनेटमा नेपालका  पासवानले गर्ने अवसर पाए पनि त्यसको  सदुपयोग गर्न सकेनन् । यसैगरी खेलको ७२औ मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार