बाङ्गलादेस सितको खेलमा तीन खेलाडिले गरे डेब्यु ।

 

काठमाडौ / बङ्गलादेश सितको शुक्रबारको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन ।

डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ रहेका छन् ।

विकासले खेलको प्रारम्भमै  डेब्यु गरेका थिए । यस्तै एरिक खेलको ४२ औ मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । यसैगरी खेलको ६८औ मिनेटमा दर्शन  पासवानका स्थानमा दर्शन गुरुङ मैदानमा पसेका थिए ।

कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन ।

कोरोना महामारीकै बीच  बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार