शनिबार राति भएको खेलमा युक्रेनलाई पराजित गर्दै जर्मनी लिग ए को चौथो समुहमा शीर्ष स्थानमा

 

एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । शनिबार राति भएको खेलमा युक्रेनलाई पराजित गर्दै जर्मनीले सेमिफाइन खेल्ने सम्भावना बलियो बनाएको हो । यो समुहमा रहेको अर्को दाबेदार स्पेन बराबरीमा रोकिएसंगै जर्मनीलाई अघिल्लो चरण प्रवेशको होडमा केही सहजता मिलेको छ, तर अन्तिम खेलले मात्रै अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुंगो लाग्ने भएको छ ।

टिमो वेर्नरले २ गोल गरेपछि जर्मनीले घरेलु मैदानमा युक्रेनलाई ३–१ ले पराजित गर्यो । सहज जितका लागि वेर्नरसंगै अर्को १ गोल लिरोयं सानेले गरे । युक्रेनका रोमन यारेम्चोकले एक गोल फर्काए ।

रोमनको गोलबाट युक्रेनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । तर २३ औं मिनेटमा सानेले लियोन गोरेत्ज्काको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि जर्मनीका वेर्नर चम्किए । ३३ औं मिनेटमा गोरेत्ज्काकै पासमा गोल गर्दै वेर्नरले घरेलु टोलीलाई २–१ ले अघि बढाए । जिन्टेरको गोलमा ६४ औं मिनेटमा जिन्टेरको पासमा वेर्नरले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै महत्वपूर्ण तीन अंक दिलाउन सफल भए । जितसंगै जर्मनी लिग ए को चौथो समुहमा शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार