महान मानिसहरुको ९ सुक्ति ।

‘फल लागेपछि वृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पत्ति कमाएको बेला सज्जनहरू झुक्छन् । परोपकारीहरूको स्वभाव नै यस्तो हुन्छ ।

(आचार्य तुलसीदास)

फूलको सुवास वायुको विपरीत जाँदैन तर मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ ।

(गौतम बुद्ध)

आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र ।यो मित्रसँग बस्ने मानिस कहिल्यै दुःखी हुँदैन ।

(कवि भर्तृहरि)

मिहिनेत गरे दरिद्रता रहँदैन, धर्म गरे पाप रहँदैन, मौन रहे कलह हुँदैन, जागा रहिरहे डर रहँदैन ।

(चाणक्य)

चरित्रहीन शिक्षा, मानवताविहीन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।

(सत्य साईबाबा)

सर्पको दाँतमा, माहुरीको शिरमा र बिच्छीको पुच्छरमा विष हुन्छ । तर दुर्जनको शरीरभरि विषैविष हुन्छ ।

(कबिर)

असल मित्र त्यही हो जो भेटेको बेला आदर–सत्कार गर्छ, पछाडि प्रशंसा गर्छ अनि आवश्यकता पर्दा मद्दत गर्न तत्पर हुन्छ ।

(अज्ञात)

किताब यस्ता शिक्षक हुन् जो विना कष्ट, विना आलोचना र विना परीक्षा नै हामीलाई शिक्षा दिन्छन् ।

(अज्ञात)

ऊ नै सबैभन्दा ठूलो ज्ञानी हो, जो आफ्ना कमी–कमजोरी थाहा पाएर आफैं सुधार गर्न सक्छ ।

(अज्ञात)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार