नेकपा सचिवालय बैठक बालुवाटारमा बस्ने ।

 

काठमाडौ / सत्तारूढ दल नेकपा को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज अपरान्ह १ बजे सचिवालय बैठक  बालुवाटारमा बस्ने जानकारी ट्वीट गर्नु भएको छ ।

यसै बिच प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजको सचिवालय बैठकमा आफुले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन् ।

उनले सचिवालय बैठकको सामना गर्ने निर्णय लिएपछि १ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक २ बजेलाई सारिएको छ ।आजको सचिवालय बैठकमा वामदेव गौतमलाई मन्त्रीका लागि प्रस्ताव गर्ने र अरू पनि मन्त्री हेरफेरबारे निर्णय लिने ओलीनिकट स्रोतले जनाएको छ ।

यस अघि नेकपा को सचिवालय बैठक धुम्बाराही स्थित पार्टी कार्यलयमा बस्ने निश्चित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार