जापानमा मंगलबार एकैदिन ४३ प्रिफेक्चरमा कोरोना संक्रमित पुष्टि ।

टोकियो । जापानभर कोरोना भाइरस संक्रमण महामारिको रुपमा फैलने क्रममा तीन महिना पछी अहिलेसम्मको धेरै प्रिफेक्चरमा कोरोनाका बिरामी पुष्टि भएका छन ।मंगलबार एकैदिन ४३ प्रिफेक्चरमा कोरोना संक्रमित पुष्टि भएका छन ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार मंगलबार ४७ मध्ये केवल ४ वटा प्रिफेक्चरमा संक्रमित पाइएका छैनन ।

१४ जना कोरोना भाइरसका बिरामीको मृत्यु हुँदा नोभेम्बर १७ तारिख मंगलबार १६ सय ९९ जना नयाँ कोभिड-१९ संक्रमित पुष्टि भएका छन ।

तथ्यांक अनुसार दुइवटा प्रिफेक्चरमा २ सय ५० बढी संक्रमित पाईदा ४ प्रिफेक्चरमा एक सय भन्दा धेरै कोरोनाका बिरामी पुष्टि भएका छन ।

मंगलबार थपिएका सहित हालसम्म जापानमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २२ हजार ५७ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

संक्रमित मध्ये १ हजार ९ सय ३३ जना कोरोनाका बिरामीको मृत्यु भएको छ ।उपचार गराइरहेका संक्रमितहरुमा गम्भिर बिरामीको संख्या बढेर २७२ पुगेको छ । यो संख्या कोरोना महामारी सुरु भएयताकै गम्भिर बिरामीको उच्च संख्या हो ।

सरकारी विवरण अनुसार कोरोना भाइरसबाट संक्रमित भएका मध्ये १ लाख ५ हजार २ सय ९६ जना हालसम्म निको भएर डिस्चार्ज भइसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार