जिपको टक्करबाट १० बर्षिय बालकको मृत्यु ।

 

काठमाडौ / बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकाकाे डोगडीबाट बल्दे आउदै गरेको जिपले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढिगंगा नगरपालिका वडा नम्बर १ कुणीका रति ल्वारका छोरा बर्ष १० का रमेश ल्वार रहेका छन ।

बिहान ९ बजेर ५० मा घटना भएकाे र तत्काल बच्चाकाे उपचारका लागि अछामकाे बयालपाटा अस्पताल लगिएकाे र उपचारका क्रममा बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

सु प त ०१ ज १०२००३ नम्बरको जिपले ठक्कर दिएर घाइते बनाएको र बच्चालाई उपचारका लागि बयालपाटा पुगाउदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन ।

गाडी र ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी महाराले बताएका छन । उनका अनुसार घटनाको बारेमा अनुसन्धन भइरहेको बताएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार