पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना पुष्टि ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये महिला ५३४ र पुरुष ९०८ जना रहेका छन ।

देशभरका विभिन्न प्रयोगशालामा ६७३१ जनाको पीसीआर परिक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २८८७८ जना रहेको छ । क्वारेन्टाइनमा ९१० जना रहेका छन ।

हाल सम्म कोरोना संक्रमित हुनेहरुको संख्या( २१२९१७)जना पुगेको छ । जसमा महिला ७२१४६ जना यो प्रतिशतमा ३४% रहेका छन । पुरुष १४०७७१ जना छन प्रतिशतमा ६६% रहेका छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ३५३८ जना डिस्चार्ज भएका छन । यो सजित कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या १८२७८० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ८५.८%रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार