काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १०३८ जनामा कोरोना पुष्टि ।

 

काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३८ जना मा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस मध्ये महिला ४०३ जना र पुरुष ६३५ जना रहेका छन ।

हाल काठमाडौ जिल्लामा ७९७६१ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या १२५७२ जना छन ।

भक्तपुरमा ७१९० जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या १०६२ जना छन । तेस्तै ललितपुरमा ११५८५ जनामा संक्रमण पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या २०५६ जना छन ।

हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या काठमाडौ जिल्लामा ३०७ जना भक्तपुरमा ८० जना र ललितपुरमा ८८ जना पुगेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार