भोजपुर जिल्लामा पहिलोपटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।

काठमाडौ / प्रदेश नम्बर १ भोजपुरमा कोरोनासंक्रमणबाट पहिलोपटक एकजना महिलाको निधन भएको छ ।

कोरोना संक्रमणबाट २४ वर्षिया युवतीको मंगलबार मृत्यु भएको हो । यसअगाडी भोजपुर जिल्लामा कोरोना संक्रमणबाट एकजनाको पनि ज्यान गएको थिएन ।

मंगलबार षडानन्द नगरपालिका वडा नम्बर ८ तुङगेछाकी २४ वर्षिया युवतीले कोरोनाको कारण ज्यान गुमाएकी हुन् । गत कात्तिक १९ गते युवतीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

रिपोर्टपछि घर मै होम आईशोलेसनमा रहेकी उनको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय गरी नेपाली सेनाको टोली खटाईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार