गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु ।

 

काठमाडौ / बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ६ का ६२ वर्षीय पुरुष रहेका छन । उनको उपचारका क्रममा बिहीबार  राति मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बिहीबार  राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार