कोरोना संक्रमणबाट वडाध्यक्ष मोक्तानको मृत्यु ।

 

काठमाडौ / कोरोना संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

स्वस्थ्यमा समस्या आएपछि मोक्तानलाई मंसिर १ गते प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको बिहीबार दिउँसो १२:४५ मिनेटमा मृत्यु भएको नगरपालिकाका उप प्रमुख विद्या भुजेलले जानकारी दिइन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार