गुल्मीको रेसुङ्गा नगरपालिका भित्र मंसिर ४ गते राति १२ बजे देखि १३ गते राति १२ बजे सम्मको लागि बन्द ।

काठमाडौ / गुल्मीको रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्ला भित्र तिब्र रुपमा कोरोना संक्रमण फैलिरहेकोले गर्दा कोरोना संक्रमण रोकथामका लागि मंसिर ४ गते राति १२ बजे देखि १३ गते राति १२ बजे सम्मको लागि सम्पूर्ण नगर श्रेत्रको लागि रेसुङ्गा नगरपालिका तम्घासले लगडाउनको घोषणा गरेको छ।

लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी , इन्धन , सरसफाई , स्वास्थ्य सेवा औषधि पसल पुर्ववत रुपमा संचालन हुने जनाएको छ।

नगरपालिकाका सम्पुर्ण वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार