बिहीबार २१०३ जनामा कोरोना संक्रमण पुष्टि ।

काठमाडौ / पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ९८०५ परिक्षण गर्दा २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २८१०६ जना छन यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

त्यसैगरी २४ घण्टामा २८५८ जना निको भएका छन् । यो सँगै निको हुनेहरुको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । हाल क्वारेन्टाइनमा ७६७ जना छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार