छ्ठको अवसरमा भोलि ६ बजे भोजपुरी गायन कार्यक्रम हुने ।

 

सुरेश कुमार पाण्डेय: काठमाडौ / दीपावली र छ्ठको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद ( आइ सी सी आर) गुजरात द्वारा होरिजन सिरिज अन्तर्गत आयोजित ‘अनलाकिङ्ग होरिजन’ कार्यक्रममा भोजपुरी सुप्रसिद्ध गायक राकेश उपाध्यायले भोलि फेसबुक लाइभ द्वारा आफ्नो गायन प्रस्तुत गर्दैछ्न।

सो कार्यक्रममा भक्ती गायन प्रस्तुत गरिने कुरा आइ सी सी आर गुजरातका सुवाश सिंहले बताउनु भएको छ।

सो कार्यक्रम भोलि साझ ६:१५ बजे देखि आइ सी सी आर गुजरातको फेसबुकबाट लाइभ हेर्न सकिने छ। भारतको उत्तर प्रदेशको गोरखपुर निवासी गायक कलाकार भोजपुरी क्षेत्रमा मशहूर गायक कलाकार हुन।

यस कार्यक्रम http://www.facebook.com/iccrgujaraat र iccrgujrat को ट्विटर ह्यान्डल बाट हेर्न सकिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार