बिहिवार जापानमा २३८८ जनामा कोरोना संक्रमित पुष्टि संगै अहिले सम्मकै उच्च ।

https://www.youtube.com/channel/UCnF9rmy4ohYgAs0yfAVbYdA

टोकियो जापान । बुधबार अहिलेसम्मको धेरै २,२०१ जना नयाँ कोरोना भाइरस संक्रमित पुष्टि भएको जापानमा बिहिबार त्यो रेकर्ड तोडिदै १ सय भन्दा धेरै कोरोनाका बिरामी थपिएका छन ।

शुक्रबार बिहानसम्मको विवरण अनुसार २,३८८ जना नयाँ कोभिड-१९ संक्रमित पुष्टि भएका छन । जुन संख्या जापानमा कोरोना महामारी सुरु भएदेखिकै सर्वाधिक धेरै संख्या हो ।

जापानमा पहिलोपटक एउटै प्रिफेक्चरमा ५ सय भन्दा धेरै कोभिड-१९ संक्रमित पुष्टि भएको रेकर्ड आज टोकियोले राखेको छ । यस्तै राजधानी टोकियो (५३४) बाहेक अन्य प्रिफेक्चरमा एकैदिन ३ सय कोरोनाका बिरामी थपिनेमा ओसाका (३३८) पहिलो बनेको छ । यसबाहेक होक्काइदो २६७, आईची २१९, खानागावा २०५, ह्योगो १३२, साइतामा १०८, चिबा १०६, शिजुओखा ६१, ओकिनावा ५४ सहित ४२ प्रिफेक्चरमा बिहिबार कोरोनाका बिरामी भेटिएका छन ।एयरपोर्ट क्वारिन्टिनमा १४ जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन ।

जापानमा हालसम्म योकोहामा क्रुजका ७१२ र घरेलु संक्रमित १२५,९३२ कोरोना संक्रमितको जम्मा संख्या १ लाख २६ हजार ६ सय ४४ पुगेको छ ।

मृत्यु तर्फ होक्काइदोमा सर्वाधिक धेरै एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसबाहेक ओसाका ३, चिबा, साइतामा, आईची, ओकिनावा, कुमामोतो, खानागावा, गुन्मा, इबाराकी र फुकुओकामा एक एक जना गरेर १९ जना कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको छ ।

जापानभर हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १,९६६ पुगेको छ । यसमा योकोहामा क्रुजका १३ र जापानमा संक्रमित भएका घरेलु संक्रमितको संख्या १९५३ रहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरणमा उल्लेख छ ।

अहिले उपचार गराइरहेका गम्भिर बिरामीको संख्या बढेर २८० पुगेको छ ।कोरोना संक्रमित जम्मा ब्यक्तिहरु मध्ये १ लाख ७ हजार ६ सय १३ जना निको भएर डिस्चार्ज भएको सरकारी विवरणमा उल्लेख छ ।

https://www.youtube.com/channel/UCnF9rmy4ohYgAs0yfAVbYdA

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार