पोखरा महानगरपालिका उपप्रमुख गुरुङलाइ कोरोना पुष्टि ।

 

काठमाडौ / पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उपप्रमुख कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् ।

स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनी पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेकी छिन ।

उनले छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार