नेकपा कार्यकारी अध्यक्ष र महासचिव विष्णु पाैडेल भेटवार्ता ।

 

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र देखिएको विवाद रहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन्।

कार्यकारी अध्यक्ष दाहालले पार्टी महासचिव विष्णु पौडेलसँग छुट्टै छलफल पनि गरेका छन्। अध्यक्ष दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावपछि पार्टीभित्र शक्ति संघर्ष चर्किएका बेला दाहाल र पौडेलबीच भेटवार्ता भएको हो।

त्यस्तै, अहिले दाहालले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग पनि छलफल गरिरहेका छन्।

कार्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ प्रस्ताव पेश गरेका थिए। ओली पक्ष उक्त प्रस्तावपछि आक्रोशित बनेका छन ।

मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दाहालको राजनीतिक प्रस्तावको लिखित रुपमा नै जवाफ दिने र अर्को प्रस्ताव पेश गर्ने बताएका थिए।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार