पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना पुष्टि र २२ जनाको मृत्यु ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये महिला ७४० र पुरुष १२०५ जना रहेका छन ।

देशभरका विभिन्न प्रयोगशालामा १०३४० जनाको पीसीआर परिक्षण गर्दा १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २४६६५ जना रहेको छ । क्वारेन्टाइनमा ७५३ जना रहेका छन ।

हाल सम्म कोरोना संक्रमित हुनेहरुको संख्या २१६९६५ जना पुगेको छ । जसमा महिला ७३७५० जना यो प्रतिशतमा ३४% रहेका छन । पुरुष १४३२१५ जना छन प्रतिशतमा ६६% रहेका छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर ५३६४ जना डिस्चार्ज भएका छन । यो सजित कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या १९१००२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ८८%रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार